हामीले छुटेको नेपाली भूमिसहितको नक्सा सार्वजनिक गरेका हौं - गोकुल बास्कोटा (भिडियोसहित)

हामीले छुटेको नेपाली भूमिसहितको नक्सा सार्वजनिक गरेका हौं - गोकुल बास्कोटा (भिडियोसहित)

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपालले नयाँभन्दा पनि छुटेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा सार्वजनिक गरेको प्रतिक्रिया दिएका छन् । नेपाल आजसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

'हाम्रो जुन जमिन थियो कुनै बेला हाम्रो त्यो जमिनको नक्सा छाप्न छुटेको रैछ । त्यसैले भएकै हाम्रो जमिनको जहाँनिर छुटेको फुटेको भाग थियो, त्यसलाई समेटेर पुरा भूभागसहितको नक्सा जारी गरिएको हो । उनले भने -'त्यसैले त्यो नयाँ नक्सा होइन । छुटेको पनि भागलाई समेटेर बरु त्यसरी चाहिँ नयाँ नक्सा जारी गरेको हो ।'

६० को दशकमा नेपालको तत्कालिन सरकारको प्रशासनिक कमजोरीका कारणले उक्त भूमि नक्सामा राख्न छुटेको बास्कोटाले बताएका छन् । तर देशको सवालमा भने कुनै कालखण्डमा जानेर र नजानेर भएको त्यसप्रकारको गल्तीलाई सधै बोकेर हिड्न नसकिने उनको भनाइ छ । हेर्नुहोस भिडियो 

संम्बधित खबर

विशेष