प्रमाणको आधारमा लडे नेपालले भारतसँग जित्छ - प्रेमसागर पौडेल

प्रमाणको आधारमा लडे नेपालले भारतसँग जित्छ - प्रेमसागर पौडेल

काठमाडाैं । राजनीतक विश्लेषक प्रेमसागर पौडेलले प्रमाणका आधारमा लडे नेपालले आफ्नो भूमि फिर्ता लिनसक्ने बताएका छन् । नेपाल आजसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन। 

नेपालले कालापानी, लिपुलेख र लिम्पियाधुरा सहितको नक्सा जारी गर्न ढिलो गरेको पनि उनले बताए । 'यो राम्रो कुरा हो । पहिले नै गर्नुपर्थ्यो । साँच्चै भन्ने हो भने यो ढिलो नै भयो ।' उनले भने - 'तर ढिलो भए पनि राम्रो चाहिँ भयो ।'

चीनले उचालेका कारण नेपालले नयाँ नक्सा जारी गरेको भन्ने तथ्यहीन भारतीय आरोपलाई उनले खण्डन गरे । 'हामीले तथ्यलाई हेर्नुपर्छ । तथ्य र प्रमाणलाई आधार बनाएर भन्ने हो भने यस्तो त भारतले गरेको देखियो नि । १५ मे २०१५ मा भारत र चीनको बिचमा त्यहाँ बाटो संचालन गर्नको लागि सहमति भएको छ ।' उनले भने -' के भारतले चीनको समर्थन लिएर त्यसको बलमा नेपालको भूमि अतिक्रमण गरेको भन्ने त् ?'

मानसरोबर जोड्ने बाटो बनाउने भारत-चीन सहमतिपछि सन् २०१६ मा आफुले यस बिषयमा बेइजिङस्थित एक कार्यक्रममा कुरा उठाएको उनले प्रष्ट पारे । त्यसबेला चीनले नेपालसंग कागजपत्र मागेको तर नेपाल नदिएको भन्ने जवाफ पाएको बताए । 

'सन् २०१६ मा एउटा अन्तराष्ट्रिय कार्यक्रममा भाग लिने मौका पाएको थिए बेइजिङमा, त्यतिबेला मैले किन नेपाललाई नसोधी यस्तो गर्नुभयो भनेर यो कुरा उठाएको थिए ।' उनले भने -'उहाँहरुले के भन्नुभएको थियो भने हामीले नेपालसँग कागज प्रमाणहरु मागेका थियौ । तर उहाँहरुले दिनुभएको छैन । दिएपछि हामी पुनर्विचार गर्छाैं भनेर भन्नुभएको थियो ।' हेर्नुहोस भिडियो 

संम्बधित खबर

विशेष