नेपालमा आज मात्रै ८७ जनामा कोरोना संक्रमण पुष्टि, हेर्नुहोस् कहाँ कति ?
सुर्खेत । कर्लाणी र सुदुपश्चिममा गरी थप ११ जनामा कोराेना पुष्टि भएसंगै बिहिबार मात्रै नेपालमा ८७ जना संक्रमित थपिएका छन्। बुधबार दिउसो कर्णाली प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् । यसअघि बिहिबार बिहान ७६ जनामा कोरोना देखिएको थियो ।
यस्तै सुदुरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सुदुरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्कीका अनुसार तीनजनामध्ये दुई जना कैलाली र एकजना दार्चुलाका छन् ।
यसअघि आजै प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएकाे हाे ।
सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
संक्रमित हुनेहरुमा रौतहटको राजदेवीका २१ वर्षीय, २४ वर्षीय र ३० बर्षिय पुरुष छन् । धनुषाको जनकनन्दीनी- ४ का १९ वर्षीय पुरुष, धनुषाकै लक्ष्मनियाँ स्वास्थ्य चौकीमा रहेका २७, ५०, ४०, २०, २९, २२, १८, ४०, २०, ४८, १८, ५७, ४२ वर्षीय पुरुष, २९ र १४ वर्षीया महिला, ४ वर्षीया बालिकामा र पुरुषको नाम भएका तर फर्ममा महिला लेखिएको एकजनामा संक्रमण पुष्टि भएको छ ।
धनुषाको स्वास्थ्य कार्यालयका ३१ र ७० वर्षका दुईजनासँगै जलेश्वरका ४३, ५२, २२, २१, १८ वर्षीय पुरुषहरु र उमेर नखुलेको एकजना, महोत्तरीको जलेश्वरस्थित क्वारेन्टाइनमा रहेका ४५, १५, २१, ४५, २०, २२, १९, २०, ३२, २१, २६, २१ वर्षका पुरुषहरु, जलेश्वर पिपिएचएलका २२ वर्षकी महिलासहित १९, ३७, २१, ३१, २५ र २८ वर्षका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी सप्तरीको बोदेबसाईन ३० वर्ष, ४२ वर्ष, २१ वर्ष, ३० वर्ष, ३३ वर्ष, २९ वर्ष, १८ वर्ष, ३७ वर्ष, ३० वर्ष, १९ वर्ष, २७ वर्ष र ३७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । सप्तरीबाटै स्वाब संकलन भएकोमा पछिल्लो ३७ वर्षीय पुरुषको ठेगाना फर्ममा क्लियर नरहेको प्रयोगशालाले जनाएको छ ।
सिराहाको एल पथरीका १८ वर्षीय, बरियारपट्टीका २५, १८, ४०, २५ वर्षीय पुरुष र एकजना उमेर नखुलेका व्यक्ति संक्रमित रहेको राष्ट्रिय प्रयोगशालाले जानकारी दिएको छ । त्यसैगरी सप्तरीको बोदेबासाईनका ४७ वर्षीय र विष्णुपुरका ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।