कोरोनाभाईरस चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहार
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका छन् । उनले शुक्रबार एक ट्वीट गर्दै कोरोना भाईरसलाई चीनको सबभन्दा खराब उपहार भनेका छन् । अमेरिकामा कोभिड–१९ को कारण थप १ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुनसक्ने प्रक्षेपण गरिएको छ ।
अमेरिकामा हालसम्म कोरोना भाइरसको कारण करीव १ लाख मानिसको ज्यान गईसकेको छ र यो संख्या अझै बढ्न सक्ने प्रक्षेपण गरिएको छ । ट्रम्पले मृतकको परिवारप्रति सम्बेदना व्यक्त गर्दै यस घटनालाई निकै नै दुःखद बताएका छन् ।
’न्यूयोर्क टाइम्स’ को रिपोर्टअनुसार कोरोनाले ज्यान गुमाएका संख्या कोरियाली युद्धमा ज्यान गुमाएका अमेरिकी सेनाको संख्याभन्दा बढी पुगेको छ ।
All over the World the CoronaVirus, a very bad “gift” from China, marches on. Not good!
— Donald J. Trump (@realDonaldTrump) May 28, 2020