नगरपालिकामा सरकारी कर्मचारीबाट कुटिए वडाअध्यक्ष
काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिकामा सरकारी कर्मचारीबाट वडाअध्यक्ष कुटिएका छन् । अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्ट बिहीबार राति घरेलु विकास कार्यालयका कर्मचारीबाट कुटिएका हुन् ।
वडाध्यक्ष भट्टका अनुसार, घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले कुटपिट गरेका हुन् । ऐरले मदिरा सेवनगरी आएर आफूलाई कुटेको भट्टले बताए । भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष भट्टमाथि हातपात भएको प्रहरीले जनाएको छ ।