News

भारतमा लकडाउन खुकुलो : धार्मिकस्थल, होटल, सैलुनलगायतका क्षेत्र खोल्न अनुमति

भारतमा लकडाउन खुकुलो : धार्मिकस्थल, होटल, सैलुनलगायतका क्षेत्र खोल्न अनुमति

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको जोखिम रोक्न पछिल्लो पटक लकडाउनको अवधि एक महिना लम्ब्याइए पनि केही खुकुलो गरिएको छ । दैनिक जनजीवन सहज बनाउन लकडाउन केही खुकुलो पारिएको हो । भारत सरकारले शनिबार एक महिनाका लागि लकडाउन लम्ब्याउने निर्णय गर्दै संक्रमण नदेखिएका क्षेत्रमा खुकुलो बनाउने निर्णय गरेको हो ।

भारतमा चौथो पटक थपिएको लकडाउनको समय आज सकिँदै छ । भारतीय गृह मन्त्रालयले सोमबार जुन १ देखि जुन ३० सम्म लागू हुनेगरी पाँचौं पटक लकडाउनको समय थपेको छ । भारतको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लकडाउन लम्ब्याउनुका साथै विभिन्न छुटसहित खुकुलो पारिएको बारे जानकारी दिइएको छ ।

पाँचौं पटकको लकडाउनको निर्देशिकामा तीन चरण निर्धारण गरिएको छ । पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थल, होटल, सैलून, रेस्टुरेन्ट खोल्ने अनुमति निश्चित सर्तसहित दिइनेछ ।

रातको समयमा लगाइएको कर्फ्यूको समय घटाइएको छ । अन्तर्राष्ट्रिय उड़ान, मेट्रो रेलको सञ्चालन, सिनेमा हल, जिम, स्वीमिङ पुल, थिएटर, बार र सभा हल सुरक्षा सतर्कताका साथ खोल्न निर्णय पनि केन्द्र सरकारले लिन सक्ने भारतीय मिडियाले जनाएका छन् ।

विशेष