News कभर स्टोरी

सामाजिक संजालमा असामाजिक तत्वहरुको सक्रियता बढेको भारतीय सुरक्षा एजेन्सीहरुले निष्कर्ष !

सामाजिक संजालमा असामाजिक तत्वहरुको सक्रियता बढेको भारतीय सुरक्षा एजेन्सीहरुले निष्कर्ष !

सामाजिक संजालमा असमाजाजिक तत्वहरुको सक्रियता बढेको  भारतीय सुरक्षा एजेन्सीहरुले निष्कर्ष निकालेका छन् ।  नेपालका सामाजिक संजालमा नेपाल-भारतको सम्बन्ध बिगार्ने असामाजिक तत्वहरु सक्रिय रहेको निष्कर्ष भारतका विभिन्न सुरक्षा एजेन्सीहरुले निकालेका हुन् । नेपाल र भारतबीच सम्बन्ध बिगार्ने, भड्काउने, तथ्यहीन सूचना र जानकारी प्रकशान र प्रशारण गर्नेगरी सक्रिय भएको एजेन्सी निकट स्रोतको दाबी छ ।

'यस्ता तत्वहरु एजेन्सीहरुका निगरानिमा छन् ।' एजेन्सी स्रोतले भन्यो, 'कुटनीतिक रुपमा समाधान गर्नुपर्ने कुरालाई प्रायोजित रुपमै गलत रुपमा प्रस्तुत गरिएको छ । यसले कसैको पनि हित नहुने निष्कर्ष निकाल्दै उनीहरुमाथि निगरानी बढाइएको छ ।' नेपाल र भारतबीचको सम्बन्धलाई लिएर उठेका कतिपय विषयलाई वार्ता र कुटनीतिको माध्यमबाट समाधान गर्नुपर्नेमा कसैको स्वार्थपूर्तिका लागि सामाजिक संजालमा भड्किलो प्रचार गर्नेहरुमाथि एजेन्सीहरुले निगरानी गरिरहेको स्रोतको भनाइ छ । 

बर्षौंदेखिको सुमधुर सम्बन्धलाई केहि विषयलाई लिएर उठेका समस्या ती तत्वहरुका लागि मागी खाने भाडोजस्तै भएको र यसले दीर्घकालीन रुपमा भारत वा नेपाल कसैलाई पनि फाइदा नपुग्ने भन्दै त्यस्ता उत्तेजक तत्वहरुमाथि निगरानी बढाइएको र यसको जानकारी सम्बन्धित निकायमा पुर्याउने काम भैरहेको एजेन्सी निकट स्रोतले बताएको छ । भारत र नेपालको सम्बन्ध बिगार्नेगरी सूचनाहरु प्रकाशन र प्रशारण गर्ने र त्यसलाई 'पेड प्रमोसन' गर्न तेश्रो मुलुकबाट प्रायोजन भईरहेकोसमेत एजेन्सीहरुको निषकर्ष छ । 

Nepal India Relationship Raw

विशेष