News

प्रचण्डलाई फेरि झुक्काइयो, कुर्सीमा तकिया खै ?

प्रचण्डलाई फेरि झुक्काइयो, कुर्सीमा तकिया खै ?

काठमाडाैं । नेकपामा कुर्सी बिभेद चर्को छ । नेताको पद अनुसारको कुर्सी र रंग तय हुने गरेको छ । यस्को निर्धारण प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गर्दै आएका छन् ।

प्रचण्डसँग मन मिले उनले उस्तै रंगको कुर्सी प्रचण्डलाई दिने गरेका छन् । नमिले अर्कै रंग र सुविधाको कुर्सी त्यो पनि सदस्य भएतिरै रखिदिने गरेका छन ।

पछिल्लो पटक कुर्सीमा समानता आएको र नेताहरूको मन मिलेको भनियो । तर कुर्सीमा समानता नरहेको कुरा देखिएको छ ।

ओलीको कुर्सीमा तकिया रखिए पनि प्रचण्डलाई सो सुबिधा दिइएन । सानै विभेद किन नहोस, बरोबरीको आसन प्रचण्डलाई दिन ओली आनाकानी गरिरहेको देखिन्छ ।

कतिलाई यो प्रसंग गैरराजनीतिक लाग्न सकछ । तर यसले नेकपामा अर्थ राख्ने गरेको छ । पार्टी ब्यानरमा पनि ओलीको फोटो प्रचण्डको तुलनामा ठूलो बनाउने गरिएको छ ।

प्रचण्डलाई पलपल ह्युमिलिएट गर्ने नियत ओली पक्षको प्रस्ट रहेको एक नेताले बताए । पार्टी बरिष्ठ नेता माधव नेपालले प्रचण्डसँगको भेटमा ‘तपाईंको कुर्सी मिली गो’ भनेर ब्यंग गरेका थिए । प्रचण्डले ‘मिलेको छैन उता तकिया यता केही न केही’ भनेर हाँसो गरेका थिए ।
 

विशेष