News

कोरोंनाभाईरस मानबनिर्मित रहेको प्रमाण छ : अमेरिकी बिदेशी मन्त्रि

कोरोंनाभाईरस मानबनिर्मित रहेको प्रमाण छ : अमेरिकी बिदेशी मन्त्रि

अमेरिकी विदेश मन्त्रि माइक पोम्पेओले कोरोनाभाइरसको महामारी चीनको वुहानमा रहेको एउटा प्रयोगशालाबाट  शुरु भएको प्रमाण रहेको बताएका छन । आइतबार एबिसी टिभीको  "द विक" मा अन्तरबार्ता दिदै उनले भनेका छन् की यस्ता धेरै प्रमाणहरू छन् जसले त्यहिबाट कोरोंनाको उत्पति भएको जनाउछ ।

उनले चीनको लापरबाहीले गर्दा 35 लाख मानिसहरू संक्रमित भएको  र विश्वव्यापी रूपमा 2 लाख 40 हजार  भन्दा बढी मृत्यु भएको बताए I बेइजिङ्गले यस प्रकोपको बारेमा महत्त्वपूर्ण जानकारी लुकाउन खोजेका आरोप लगाउदै उनले यसबारे बेइजिङ्ग जवाफदेही हुनुपर्ने माग समेत गरे।

अमेरिकाले भाइरसको उत्पत्तिको बारेमा अझ बढी जान्नका लागि  अनुसन्धानकर्ताहरु खटाएको जानकारी गराउदै उनले वुहानको ल्याब नजिकैको मासु  बजारबाटै सो भाइरस फैलिएकोले पनि सो ल्याबबाटै कोरोनो चुहिएको हुनुपर्ने दावी गरेका छन् ।

सेन्ट्रल इंटेलिजेंस एजेन्सीका पूर्व निर्देशक समेत रहेका पोम्पेओले एबीसीलाई भने की उनी सो भाइरस मानव निर्मित वा आनुवंशिक रूपले परिमार्जन गरिएको गुप्तचर रिपोर्टबाट सहमत छन्  I

चीनले विश्वलाई संक्रमित गर्ने घटिया प्रयोगशालाहरू सञ्चालन गरेको इतिहास रहेको सबैलाई थाहा रहेको पनि पोम्पेओले बताए। उनले अमेरिकाले चीनलाई यसको लागि जबाफदेहि बनाउन कदम चाल्ने पनि बताए I

विशेष