नेकपा नेतृ बन्धु चन्द १४ महिनापछि रिहा
काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ बन्धु चन्द १४ महिनापछि रिहा भएकी छिन । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष समेत रहेकी चन्द झन्डै १४ महिनापछि सर्वोच्च अदालतको आदेशमा मंगलबार कपिलवस्तुको तौलिहवाबाट रिहा भएकी छन । सरकारले प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उनलाई प्रहरीले अछामबाट गिरफ्तार गरेर देशका आधा दर्जनभन्दा बढी जिल्लामा घुमाएको थियो ।
प्रहरीले उनलाई सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके र दाङकाे जेल हिरासतमा राखेको थियो । पटकपटक छाेड्ने आदेश आए पनि माथिको आदेश भन्दै प्रहरीले उनलाई निरन्तर गिरफ्तार गरिरहेको थियो । मंगलबार भने सर्वोच्च अदालतबाट रिहा गर्न आदेश आएपछि उनी कपिलवस्तुबाट छुटेकी हुन् । विप्लव नेतृत्व नेकपाका नेता कार्यकर्ताहरुमा नेतृ चन्द सबैभन्दा लामाे जेल जीवन बिताउने नेतृ हुन ।