हर्टअट्याक भएको समाचार बाहिरिएपछि पारस शाह फेसबुक लाइभमा, कसलाई के भने ?
काठमाडौं । पूर्व युवराज पारस शाहले आफ्नो स्वास्थयमा केही समस्या नभएको बताएका छन् । आफूलाई हृदयघात भएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै उनले आश्चर्य प्रकट गरे ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै पूर्व युवराज शाहले आफू हर्ट अट्याक हुने मानिस नभएको र यस्तो भ्रम नछर्न आग्रह गरे । ‘हर्ट अट्याक हुने मान्छे हो म ?’ उनले भने, ‘हार्ट अट्याक भएपनि उठ्ने मान्छे हो ।’
आफ्ना बारेमा काम नपाएका मानिसहरुले अनर्गल प्रचार गर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरे । लकडाउनका समयमा शाह केही साथीहरुसँग पोखरामा मस्ती गरिरहेका छन् । ‘हो चार दिनदेखि ननस्टप पार्टी गरिरहेको छु’, उनले भने, ‘अझै हप्तादिन महिना दिन गर्छु ।’ एटिएमबाट पैसा चोरि भएको समाचार आएको भन्दै उनले आलोचना गरे । देशमा तीस बर्षदेखि आफूहरु विरुद्ध मानिसहरु लागेको उनको भनाइ थियो ।
‘नो थिङ रङ विथ मि,’ उनले भने, ‘देश यस्तै छ। ३० वर्ष भयो नेपाल अहिले पनि त्यस्तै छ ।’ भिडियो लाइभका क्ररममा पारससँग एक पुरुष र महिलाको स्वर सुनिन्छ । उनीहरुले लाइभका क्रममा आएका कमेन्टहरुबारे शाहलाई जानकारी गराउने र उनले भनेका कुरामा समर्थन गरिरहेका छन् । उनी चार दिन यता पोखरामा पार्टी गर्दै मस्ती गरिहेका छन् । जसको भिडियो फेसबुकमार्फत शाहले लाइभ गर्दै आएका छन् ।