नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीयद्वारा आक्रमण प्रयास
बिर्तामोड । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका छन् । झापा गाउँपालिकास्थित १३१ नम्बर पिल्लरनजिकको सशस्त्र प्रहरी क्याम्पमा सोमबार साँझ आ'क्रमण भएको हो ।
डेढ सयभन्दा बढी भारतीय घरेलु हतियार बोकेर क्याम्प आएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फा'यर गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । हवाई फा'यरपछि उनीहरु तितरबितर भएको उनले बताए ।
प्रजिअ राईका अनुसार सोमबार बेलुका सवा ५ बजेतिर दुई भारतीय नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई सम्झाएर भारततिरै फर्काइदिएका थिए । त्यसको केही बेरमै उनीहरू गाउँलेसहित हतियार बोकेर आएका हुन् ।
झापासँगको सीमामा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आ'क्रमण प्रयास गरेको यो दोस्रो घटना हो । साताअघि कचनकवल गाउँपालिका–४ स्थित सीमाक्षेत्रमा पनि बलजफ्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आ'क्रमण प्रयास गरेका थिए । त्यस क्रममा भारतीयको हँसियाले लागेर एक प्रहरीलाई सामान्य चोटसमेत लागेको थियो ।