नेपालका थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित
काठमाडाैं । नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पर्साको वीरगन्जका थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमण हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । थप १७ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । संकमितमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।