नेकपाको सचिवालय बैठकमा लफडा, प्रचण्डसँगको चर्काचर्कीपछि ओली बाहिरिए
काठमाडौं । नेकपा केन्द्रीय सचिवालय बैठकमा लफडा भएको छ । बैठकमा केपी ओली र प्रचण्ड पक्षबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लागेको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् । नेकपाको स्थायी समिति बैठक भने बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ। बैठकको समय र स्थानबारे सम्पूर्ण स्थायी समिति सदस्यहरूलाई जानकारी आइसकेको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए। नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो।