जेठ ५ गतेसम्म फेरी थपियो लकडाउन, मन्त्रिपरिषदले गर्यो यस्तो निर्णय
काठमाडौं । सरकारले लकडाउन थप गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पछिल्लो पटक थपिएको लकडाउन २५ गते(भोलि) सकिँदै थियो ।
यसैबीच सरकारले बिहीबार साँझ देशभरि घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुद्ध जयन्तिको अवसर र कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
सोही बैठकले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ। कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो।
लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ। लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।