विदेश

फेस मास्क नलगाएको भेटिए 300 रुपियाँ जरिमाना

फेस मास्क नलगाएको भेटिए 300 रुपियाँ जरिमाना

गान्तोक, तेस्रो चरणको लकडाउनमा केही प्रतिबन्धहरू हटाइए तापनि फेस मास्क भने अनिवार्य गरिएको छ।

राज्य सरकारले आपदा प्रबन्धन ऐनअन्तर्गत सार्वजनिक ठाउँहरूमा फेस मास्क अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको छ।

कसैलाई पनि मास्क नलगाएको भेटिएमा 300 रुपियाँ जरिमाना तिराइनेछ। सिक्किम सरकारका मुख्य सचिव एससी गुप्ताले आज उक्त नियम लागू गरिएको जानकारी गराएका छन्।

उनले बताएअनुसार सबै दोकानहरूमा सामाजिक दुरीको नियम कडाइका साथ लागू गर्न जिल्ला पुलिस अधिक्षकलाई निर्देश दिइएको छ।

प्रत्येक दोकानको अघि रेखा कोरिएको हुनुपर्नेछ भने सानो कारहरूमा चालकबाहेक दुइजना र ठूला एसयूभीमा चालकबाहेक चारजनाको सवारीलाई मात्र अनुमति प्रदान गरिएको छ।

मुख्य सचिवले यातायात सचिवसँग परामर्श नलिई सिलगढीगामी ट्रकहरूको संख्यामा वृद्धि नगर्न जिल्लापाललाई निर्देश दिएका छन्।

हिन्दुस्थान समाचार/बिशाल

विशेष