News

दोहोरो भिडन्तमा हिजबुल कमान्डर मारिए 

दोहोरो भिडन्तमा हिजबुल कमान्डर मारिए 

भारतको पुल्वामा जिल्लाको  दुई स्थानमा जारी भिड़न्तमा भारतीय सुरक्षाबलहरूले छ आतङ्कीलाई मारेको छ। पुलवामाको अवन्तीपोरा भिड़न्तमा हिजबुल कमाण्डर पनि  मारिएका छन् । रियाज नायक हिजबुल कमाण्डर  र बुरहान वानीको नजिकका साथी  थिए  I रियाज  2010 मा आतङ्की संगठन हिजबुल मुजाहिदीनमा सामेल भएका थिए । रियाज 2010 देखि नै भारतको  मोस्ट वान्टेडको सुचीमा थिए ।

आतङ्की संगठनमा लाग्नु अघि रियाज एक निजी स्कूलमा अध्यापक थिए । 

कश्मिरका आईजीपी विजय कुमारले पनि आतङ्की रियाज नायक र उनका दुई  साथी  पुलवामा भिड़न्तमा मारिएको पुष्टि गरे । अर्कोतिर, पुलवामा जिल्लाकै शऱशाली खरयू क्षेत्रमा आतङ्कीहरू तथा सुरक्षाबलहरूबीच भएको भिड़न्तमा सुरक्षाबलहरूले अन्य तीन आतङ्कीलाई मारेको छ। मारिएका आतङ्कीहरूको पहिचान हुन सकेको छैन।

सुरक्षाबलहरूले आतङ्कीहरूको शवको साथ हतियार र गोला बारूद बरामद  गरेको छ। यो भिड़न्त मंगलबार रातिदेखि नै जारी छ । पुलवामा जिल्लाको अवन्तीपोरा अन्तर्गत बेगीपोरा गाउँमा मंगलबार रियाज  बिरामी आमालाई हेर्न आफ्ना दुई साथीको साथ आएका थिए ।

आतङ्की रियाज नायकको गाउँमा उपस्थितिबारे गुप्त सूचना पाएपछि रातीनै  सेनाको 55 आरआर, सीआरपीएफ तथा एसओजीको एक संयुक्त टीमले पूरा क्षेत्रको घेराउ गरेको थियो । बिहान हुनसाथ सुरक्षाबलहरू र आतङ्कीहरूबीच भिड़न्त शुरू भयो। यस अवधिमा सुरक्षाबलले आतङ्की रियाज लुकेको घर नस्ट गरेको थियो। भिड़न्तमा रियाज सहित उनका  दुई साथी आतङ्की पनि मारिएको बताईएको छ ।

विशेष