News

आज विश्व रेड क्रस दिवस, स्वयंसेवकहरुको सम्मानमा ‘ताली बजाएर’ मनाइँदै

आज विश्व रेड क्रस दिवस, स्वयंसेवकहरुको सम्मानमा ‘ताली बजाएर’ मनाइँदै

काठमाडौं । आज विश्व रेड क्रस दिवस । रेडक्रसमा आवद्ध स्वयंसेवक तथा सहयोगीहरुको सम्मानमा ताली बजाएर मनाइँदै छ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको १ सय ९२ औँ जन्म दिवसका अवसरमा आज विश्वभर याे दिवस मनाइन्छ ।

 विश्वभर कोरोना भाइरसको महामारीका कारण यो वर्ष दिवस फरक तरिकाले मनाइँदै छ । लकडाउनकाे बेला सेवा प्रवाहमा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ नेपालमा दिवस मनाउन लागिएको हो ।

स्वयंसेकहरुको सम्मानमा सामाजिक सञ्जालमा तालीको सङ्केत दिने, अनुभवका कथा र सन्देश प्रकाशन र प्रसारण गर्ने तथा बिरामीलाई फलफुल वितरणजस्ता क्रियाकलाप गरिने रेड क्रसले जनाएको छ । विश्वभर रेडक्रसका १ करोड ३७ लाख स्वयंसेवकहरुले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यलगायतका काम गर्दै आएको रेड क्रसले जनाएको छ ।

नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष संजीव थापा, नेपालमा रहेकाे रेड क्रसको अन्तर्राष्ट्रिय महासङ्घको कार्यालय प्रमुख हर्भे गाजेउ र रेड क्रसको अन्तर्राष्ट्रिय समितिको नेपाल मिसन प्रमुख जेरोम इम्स्टेम्फले ऐक्यबद्धतामा भिडियो सन्देशमार्फत् स्वयंसेवक, रक्तदाता, सहयोगी सबैलाई ताली बजाएर आभार व्यक्त गरेका छन् ।

विशेष