तेह्रथुममा २० बर्षीय युवकले गरे आफ्नै बाबु आमाको हत्या
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-५ मा एक युवकले आमा बाबुको हत्या गरेका छन् । सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरी आमा बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । विहीबार साझ साढे ५ बजे स्थानीय २० बर्षीय कन्चन लिम्बूले आफ्नै बाबु र सौतेनी आमाको बन्चारो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो ।
उनले बाबु अन्दाजी ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा अन्दाजी ३५ बर्षकी रुपेनी लिम्बूको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेज बहादुर दाहालले बताए ।
बुवा आमाको हत्यापछि फरार भएका लिम्बूलाई प्रहरी चौकी सम्दु र प्रहरी चौकी पोक्लाबाङ्गको संयुक्त टोलीले इसिबुको देउराली भन्ने स्थानबाट नियन्त्रणमा लिइ अनुसन्धान जारी राखेको छ ।