टास्क फोर्स समाप्त नहुने, यसको स्वरूपमा परिवर्तन गरिने- ट्रम्प
राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनासित युद्धमा टास्क फोर्स समाप्त नहुने, यसको स्वरूपमा बदलाव गरिने जनाएका छन्।
महामारीविद डा. एन्थनी फोचि र डा. डेब्राह बिरक टास्क फोर्समा बनिरहेछन्। यस बाहेक चिकित्सासित जुड़ेका अन्य सदस्यहरूलाई सामेल गरिनेछ। उनको भनाई थियो, कोरोना महामारी रहनेछ औं यसका साथै टास्क फोर्स पनि निश्चित कालसम्म जारी रहनेछ।
ट्रम्पले मंगलबार उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा गठन गरिएको टास्क फोर्सलाई समाप्त गरिनबारे संकेत दिएका थिए। एरिजोना राज्य प्रस्थान हुन अघि बुधबार ट्रम्पले मीडियासित कुराकानीमा भनेका छन्, 'कोरोना रोगीको संख्यामा लगातार वृद्धि भईरहेछ, धेरै जना मरिरहेछन्। यस्तो स्थितिमा टास्क फोर्स समाप्त हुनेछैन'।
उनले बुधबार बिहान ट्वीट गरी टास्क फोर्स कायम राख्ने जानकारी दिएका थिए। यस सन्दर्भमा उनको भनाई थियो, उनलाई प्रबुद्ध वर्गका मानिसहरूको फोन आईरहेथियो। उनीहरूको एउटै प्रश्न थियो, जब टास्क फोर्सले राम्रो काम गरिरहेछ भने त्यसलाई समाप्त गर्ने औचित्यो के छ? उनले भने, 'राज्य सरकारहरूले जहाँसम्म सम्भव छ, स्कूल खोल्ने सम्बन्धमा उचित निर्णय लिनुपर्छ'।
हिन्दुस्थान समाचार/भवानी