अब बंगालमा पनि मदिराको होम डिलीवरी गरिने
मदिरा प्रेमीहरूलाई उपहार भेट गर्दै पश्चिम बंगाल सरकारले राज्यमा मदिराको होम डिलीवरीको अनुमति दिएको छ। मानिसहरूले होम डिलीवरीको निम्ति पश्चिम बंगाल सरकारको स्टेट बेवरेज कोरपोरेशनको वेबसाइटमा गएर आवेदन गर्न सक्छन्। आवेदनकर्ताको आयु 21 वर्षभन्दा अधिक हुनुपर्छ। राज्य सचिवालयका सूत्रहरूले जानकारी गराएको छ, मदिराको दोकानहरूमा आवश्यकताभन्दा अधिक भीड़लाई रोक्नको निम्ति यो पहल गरिएको छ।
वेबसाइट https://excise.wb.gov.in/eRetail/Page/eRetail_Login.aspx- मा अनलाइन आवेदनको निम्ति आवेदनकर्ताले आफ्नो मोबाइल नम्बर र ठेगाना दिनपर्नेछ। पश्चिम बंगालमा मदिराको बिक्री देशका बाकी राज्यहरूको तुलनामा अधिक मात्रामा भईरहेछ। सोमबार अपराह्न 3 बजी मदिरा दोकान खोलिएपछि मंगलबार साझँसम्म केवल 10 घण्टामा 100 करोड़ रूपियाँको मदिरा बिक्री भएको थियो। बुधबार 30 करोड़ रूपियाँको मदिरा बिक्री भएको छ।
यद्यपि, पहिलो दुई दिन अर्थात् सोमबार र मंगलबार 70 प्रतिशत दोकान खोलिएको थियो तर बुधबार केवल 50 प्रतिशत दोकान खोल्ने अनुमति दिइयो। बंगाल सरकारले स्पष्ट गरेको छ कि जोखिम क्षेत्रमा मदिराको होम डिलीवरी हुनेछैन न त दोकान नै खोलिनेछ। बाकी कुनै पनि क्षेत्रका मानिसले मदिराको होम डिलीवरीको निम्ति आवेदन गर्नसक्छन्।
हिन्दुस्थान समाचार/भवानी