थ्री इडीयटका वान्चुक भन्छन् - चीनलाई बुलेट होइन वालेटले जबाफ दिऔं
काठमाडाैं । लद्दाखमा भारत- चीन बीच तनाव बढेको बेला सोनम वानचुकले चीनलाई पाठ सिकाउन 'बुलेट नॉट वालेट'को नारा दिएका छन्। उनले चीनको सबै चीजहरूको बहिष्कार गर्न आग्रह गरेका छन। यी तिनै वान्चुक हुन जसको जिबनमा आधरित रही आमिर खानको सुपरहिट फिल्म थ्री इडियट्स बनाईएको थियो ।
चीनले लद्दाखमा आँखा लगाइरहेको बेला वान्चुकले नौ मिनेटको एक भिडियो सन्देश जारी गरेका छन, जुन अहिले इन्टरनेटमा भाइरल बनेको छ। शिक्षा सुधारवादी अभियन्तासमेत रहेका वानचुकले सो सन्देशमा चीन बिरूद्धको युद्ध भारतीयले चिनियाँ सामानको बहिष्कार गरी जित्न सकने बताएका छन्। उनले सो भिडियो टुइटरमा पोस्ट गर्दै सबै भारतियलाई वालेटको शक्ति प्रयोग गर्न आग्रह गरेका छन् ।
उनले सर्बप्रथम एक हप्तामा चिनियाँ सफ्टवेयर र एक बर्षमा चिनियाँ हार्डवेयर बहिष्कार गर्न अपिल गरेका छन्। भिडियोमा उनले भारतीयहरूलाई चिनियाँ उत्पादनको बहिष्कार गर्न र चीनियाँ मोबाइल एप हटाउन सुझाब दिएका छन् । भिडियो यूट्यूबमा पोष्ट गरिएको थियो र शिर्षक राखिएको थियो - चीनले सेनालाई गोलीबारीको साथ जवाफ दिने छ, नागरिकहरू वालेटका साथ जबाफ दिऔं ।
'एक हप्तामा चिनियाँ सफ्टवेयर' र 'एक बर्षमा चिनियाँ हार्डवेयर' छोड्ने सन्देशसहित उनले यसमा जोड दिएका छन् कि यदि भारत र विदेशमा बस्ने भारतीयहरूले चीनमा बनेका बस्तुहरु बहिष्कार गर्ने निर्णय गरे भने चीनको अर्थव्यवस्था धरमराउने छ र सायद यसले चिनियाँ सरकारको पतन गर्नेछ। वान्चुक भन्छन् - 'चीनले जानाजानी सीमाको छेउमा तनावपूर्ण अवस्था सिर्जना गर्दैछ ताकी जनताको ध्यान आफ्नो आन्तरिक अशान्तिबाट हटोस।'