पाकिस्तान सेनाबिरुद्ध बलोचिस्तानमा प्रदर्शन
काठमाडाैं । बलुचिस्तानको ब्राब्चाहमा बुधवार हिंसात्मक प्रदर्शन भएपछि पाकिस्तानी सुरक्षा बल सीमा जाँच चौकी छोडन् बाध्य भएको स्थानीय संचारले जनाएको छ । बलूचिस्तान पोस्टका अनुसार हजारौं प्रदर्शनकारीहरूले पाकिस्तानी सुरक्षाकर्मीलाई ढुंगामुढा गरेका थिए । त्यसपछि सुरक्षाकर्मीहरु आफ्नो सीमा चौकी छोड्न बाध्य भए।
आन्दोलनकारीहरूले सैन्य प्रतिष्ठानको भवनहरू पनि जलाइदिए । केही दिन पहिले पाकिस्तानी सेना समर्थित अपराधीहरूले टर्बट सहरमा एक चार बर्षीय बालकको आमाको महिलाको गोली हानी हत्या गरिएको बिरोधमा न्यायको माग गर्दै बलूचिस्तानभरि प्रदर्शन भएको थियो।
न्यायको मांग गर्दै विश्वभरका बलॊचहरुले सोशल मीडियामा अनलाइन अभियान #जस्टिस फोरम ब्रानश शुरू गरेर विरोधमा सामेल भएका छन्।
बलोच रिपब्लिकन पार्टी (बीआरपी) ले गत महिना भएको तुर्बट घटनालाई लिएर पाकिस्तानी सेनाको आलोचना गरेको छ र यसलाई बलुचिस्तानमा पाकिस्तानी सशस्त्र सेनाको नरसंहारको निरन्तरता रहेको बताएको छ।