शिवसेना नेपालद्वारा बारामा राँके जुलुस प्रदर्शन
काठमाडौं- शिवसेना नेपालले शुक्रबार साँझ बारामा राँके जुलुस प्रदर्शन गरेको छ ।
जिल्ला केन्द्रीय सदस्य हरिनारायण प्रसाद साह र जिल्ला उपाध्यक्ष पसुराम शराफको नेतृत्वमा निस्किएका शिव सेना नेपालका कार्यकर्ताहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
उनीहरुले गणतन्त्र विरोधी नारा लगाउँदै राजसंस्था पुनःस्थापनाको माग गरेका थिए । लकडाउनको समयमा प्रहरी हस्तक्षेपको प्रवाह नगरी उनीहरु राँके जुलुस निकालेका हुन् । उनीहरुले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामा भएको अतिक्रमणको विरोध गरेका थिए ।
राँके जुलुस प्रदर्शनमा बुद्धिजीवी, उद्योगी-व्यवसायी लगायत स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।