इम्युनिटी पावर बढाउन भन्दै प्रधानमन्त्रीलाई अदुवा, लसुन र बेसार उपहार
राजविराज – प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटी पावर बढाउन भन्दै सप्तरीका महिलाहरुले लसुन, अदुवा र बेसार उपहार स्वरुप पठाएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्न जनतालाई इम्युनिटी बढाउन अदुवा, बेसार र लसुन खान प्रेरित गरेकाले प्रधानमन्त्रीलाई यो सामग्री पठाइएको महिला संजालकी सुनिता कुमारी साहले बताइन् ।
उनीसहितका महिला तथा युवाले प्रमुख जिल्ला अधिकारी शंकर आचार्य मार्फत आधा किलोका दरले अदुवा, लसुन र बेसार पठाएका छन् ।
‘कोरोना महामारीकाबीच जनतामा सन्त्रास फैलिरहेको बेला प्रधानमन्त्रीले यी खानेकुरा खान प्रेरित गर्नुभएको छ’ साहले भनिन्, “यदी यी वस्तुबाट इम्युनिटी बढ्ने हो भने प्रधानमन्त्रीज्यूको स्वास्थ्य लाभको कामना गर्दै यो सामग्री पठाएका हौं ।”
र यो पनि हेर्नुहोस्
कोरोना निर्मूलनका लागि मसला बैंक !