News

भारतमा आजदेखि लकडाउन खुकुलो

भारतमा आजदेखि लकडाउन खुकुलो

काठमाडौं । भारतमा ६८ दिनदेखि जारी लकडाउन आजदेखि केही खुकुलो भएको छ । संक्रमित र मृतकको संख्या बढ्दै गए पनि भारतले ६८ दिन लामो लकडाउन क्रमश खुकुलो पार्दै हटाउँदै जाने निर्णय गरेको छ । यद्यपि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या भने घटेको छैन ।

भारतमा लगातार तेस्रो दिन २०० भन्दा बढीको मृत्यु भएको छ । आइतबार त्यहाँ २२३ जनाको मृत्यु भएको छ । यसअघि शनिबार २०५ र शुक्रबार २६९ जनाको मृत्यु भएको थियो । भारतमा तीन दिनदेखि दैनिक संक्रमित पनि आठ हजारमाथि भेटिएका छन् । आइतबार आठ हजार ७८२ नयाँ संक्रमित फेला परेका थिए । शनिबार आठ हजार ३३६ र शुक्रबार आठ हजार १०५ संक्रमित फेला परेका थिए ।

संक्रमितको संख्या १ लाख ९० हजार ६०९ र मृतक संख्या ५ हजार ४०८ पुग्दा पनि सरकारले बन्दाबन्दी क्रमशः हटाउँदै जाने निर्णय गरिसकेको छ । लकडाउन खुकुलो बनाइदै लाने क्रममा पहिलो चरणलाई ‘अनलक १’ नाम दिइएको छ । आजबाट ‘इ पास’ र पूर्व स्वीकृति नलिइ एक जिल्लाबाट अर्को जिल्ला आवातजावत गर्न पाइने छ । संक्रमित बढिरहेका बेला मोदी सरकारले गरेको यस्तो निर्णय आफैमाथि भारी पर्नसक्ने बताइएको छ ।

विशेष