News

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन ः मन्त्रालय

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन ः मन्त्रालय

काठमाडौँ, ७ जेठ (रासस) ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा रु १५ हजार तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी गराएको हो । मन्त्रालयका आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले आज विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पिसिआरबाट परीक्षण गर्न दिने भएता पनि शुल्क नतोकिएको जानकारी दिनुभयो ।

विशेष