News

जासुसी गर्दागर्दै एक पक्राउ

जासुसी गर्दागर्दै एक पक्राउ

जम्मू कश्मीरको सैन्य खुफिया सूचनाको आधारमा मुम्बई पुलिस अपराध शाखाले एक ठूलो अप्रेसन चलाएको छ। अपराध शाखाले एक जासुसलाई मुम्बईको गोवंडी क्षेत्रबाट पक्राउ गरेको छ जसले जम्मू कश्मीरको रक्षासम्बन्धित सुचना दिन अवैध सिम बौक्सको प्रयोग गरी पाकिस्तान फोन गर्ने गर्थ्यो। छापा मार्दा अपराध शाखाले उक्त व्यक्तिबाट दुईवटा प्रीपेड नम्बर प्राप्त गरेको छ।

अपराध शाखाका डीसीपी अकबर पठानले यी दुबै मोबाइल नम्बरहरू मध्य प्रदेश र छत्तीसगढ़ सर्कलको प्रीपेड नम्बर रहेको बताएको छ ।  बाहिर जाने धेरै कलहरू यी मोबाइल नम्बरबाट गरिएको छ र ती नम्बरहरुमा थुप्रै एसएमएसहरू पनि आउने गर्थ्यो ।

यी कलहरू मुम्बई सर्कलको पारेख कम्पाउन्डमा रहेको भारतीय तेल नगर गोवंडी सेल साइटबाट गरिन्थ्यो। यी कलहरूको संख्या सामान्य भन्दा बढी थियो। साथै, दुबै मोबाईलको आईएमईआई नम्बर पनि परिवर्तन भइरहन्थ्यो I

अपराध शाखाले सक्रिय सिम बाकस, 1 अतिरिक्त सिम बाकस, 1 सिम कार्ड, ल्यापटप मोडेम, एन्टेना, ब्याट्रीहरु जफत गरेको छ। 

उक्त जासुसले लद्दाख क्षेत्रका महत्वपूर्ण सैन्य सूचनाको सन्दर्भमा संदिग्ध कलहरू गर्ने गरेको थिए। उनलाई कल गर्ने व्यक्तिले गलत पहिचान बताउँथे।

अनुसन्धान अधिकारीहरूले उक्त मुद्दामा पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको संलग्नता भएको आशंका गरेका छन् ।

विशेष