News

दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई कर्मचारीलाई देश निकाला

दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई कर्मचारीलाई देश निकाला

दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई कर्मचारीलाई जासुसीको आरोपमा पक्राउ गरिएको छ । पक्राउ गरिएका अबिद हुसेन र ताहिर हुसेन दुबै पाकिस्तानी दूतावासको भिसा सेक्सनमा काम गर्दछन्। ती दुई जनालाई एक भारतीयबाट संवेदनशील कागजातहरू लिइरहेको बेला पक्राऊ गरिएको स्रोतले भन्यो।

42 वर्षीय आबिद हुसेन पाकिस्तानको पंजाब प्रान्तको शेखपुरा जिल्लाका हुन् भने 44 वर्षीय मोहम्मद ताहिर इस्लामाबादका हुन्। दूतावासको आडमा दुबै दिल्लीमा जासूसी गर्थे I उनिहरु नक्कली भारतीय आईडी समेत बनाएका थिए। भारतिय विदेश मन्त्रालयले दुबैलाई persona-non-grata (अनावश्यक व्यक्ति) घोषित गरेका छन् । अब दुबैले 24 घण्टा भित्र भारत छोड्नुपर्नेछ।

विशेष