News

जीवित बुद्धको नाम हटाउने सरकारको निर्णयको समर्थन

जीवित बुद्धको नाम हटाउने सरकारको निर्णयको समर्थन

स्वायत्त क्षेत्रको बुद्धिस्ट एसोसिएसनले तिब्बतमा तिब्बतीयन तिब्बतीयन बुद्धिजमका प्रतिनिधिहरुको सहभागीतामा ११ जून बिहान एक गोष्ठीको आयोजना गर्‍यो । उक्त गोष्ठीमा सहभागी तिब्बतीयन बुद्धिजम् समुदायका प्रतिनिधिहरुले कानुन र नियमको उल्लंघन गरेका जीवित बुद्धको नाम हटाउने सरकारको निर्णयलाई दृढ समर्थन गरेका थिए । 

उक्त गोष्ठीमा जिल्ला राजनीतिक परामर्श सम्मेलनका उपाध्यक्षसमेत रहेका बुद्धिस्ट एसोसियसनका तिब्बतीयन शाखाका उपप्रमुख जुखाङ तुडेनसेझुले गोष्ठीलाई सम्बोधन गरेका थिए । 

उक्त बैठकमा सहभागीले जिवित बुद्धले राष्ट्रिय कानुन र प्रमाणिक नियमहरुको उल्लंघन गर्नुका साथै जीवन भ्रष्ट बनाएको र अवैधरुपमा सम्पत्ति आर्जन गरेका ठहर गरेका थिए । 

यद्यपि यसले तिब्बतीयन बौद्ध धर्मको मुलधारको प्रतिनिधित्व नगरे पनि यसले तिब्बतीयन बौद्ध धर्मको अनुकम्पापूर्ण छवीमा गम्भीर असर गर्छ । 

बैठकमा सहभागीहरुले तिब्बतीयन बौद्ध धर्मालम्बीहरु विशेष गरी जीवित बुद्धहरुले राजनीतिक आधार तहमा उभिनुपर्ने, नैतिकताको आधारमा कृतज्ञ हुनुपर्ने, कानुनमा अडिक हुनपर्ने बताएका थिए । 

उनीहरुले राजनीतिक रुपले भरपर्दो, धार्मिक तवरमा सम्पन्न, नैतिक रुपमा जनसेवामा सक्षम र आलोचनात्मक कार्य गर्नेजस्ता चारवटा मापदण्डहरुको सक्रियरुपमा कार्यान्वयन, सजगतापूर्वक ‘पाँच पहिचान’लाई सुदृढ पार्ने, पार्टी नेतृत्वलाई सहयोग गर्ने, समाजवादी प्रणलीलाई समर्थन गर्ने, राष्ट्रिय एकता कायम राख्ने र तिब्बती बौद्ध धर्मको स्वस्थ उत्तराधिकार, स्थायीत्व, सद्भाव र तिब्बतको दीर्घकालीन स्थायीत्वमा सकारात्मक योगदान दिन जोड दिइएको छ । 
 

विशेष