भिआइपी बन्दीहरुलाई राखिने जेलको मूल ढोका ध्वस्त

 भिआइपी बन्दीहरुलाई राखिने जेलको मूल ढोका ध्वस्त

 भिआइपी कैदी/बन्दीहरुलाई राखिने काठमाडौ उपत्यकास्थित डिल्लीबजारको (चारखाल अड्डा) छिर्ने मूलढोका आज दिनभरको झरी थेग्न नसकेर पर्खालसहित खस्दा त्यस क्षेत्रको सवारी आवागमन बन्द भएको छ ।

पर्खालको भग्नावशेष हटाउन डोजर प्रयोग गरिएको छ । पर्खाल भत्कनाले धन्न सुरक्षामा खटिएका कुनै सिपाहीको ज्यान जान पाएन ।

उक्त कारागारमा कैलालीका निर्वाचित माननीय रेशम चौधरी र पत्नी हत्या प्रकरणका डिआइजी रन्जन कोइराला थुनिएका छन् भने केही समयअगाडि पूर्व सभामुख कृष्णबहादुर महरा र भूपू आइजी रमेश चन्द पनि त्यहीँ थिए ।

संम्बधित खबर

विशेष