कोरोना महामारीले तहसनहस हुँदै पाकिस्तान, गिलगिट-बलिचस्तानका मन्त्रीको मृत्यु
पाकिस्तान सरकारले राम्रोसँग उपचार नगरेको आरोप लगाइएको छ
चीनबाट गत वर्ष सुरु भएको नोभेल कोरोना भाइरसको महामारीले पाकिस्तान तहसनहस हुने अवस्थामा पुगेको छ । कोरोना नियन्त्रणका लागि लकडाउन जारी गर्दा अर्थतन्त्र धरासयी हुने चिन्ता एकातिर छ भने लकडाउन नगर्दा कोरोनाले मर्ने मानिसहरुको संख्या दैनिक वृद्धि भइरहेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण पाकिस्तानमा साढे तीन हजारभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७४ हजारभन्दा बढी संक्रमित भएका छन् । दैनिक पाँच हजारभन्दा बढी कोरोना संक्रमित बढिरहेको पाकिस्तानमा उच्च पदस्थहरुसमेत संक्रमित भएका छन् भने कतिको मृत्यु भएको छ ।
जसमध्ये गिलगि-बलिचस्तानमा कृषि मन्त्रीसमेत रहेका पाकिस्तानी मुस्लिम लिग-नवाजका जनबाज खानको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनी चार दिनसम्म भेन्टिलेटरमा राखिएका थिए । उनको पाकिस्तान सरकारले राम्रोसँग उपचार नगरेको आरोप लगाइएको छ ।
यसअघि पाकिस्तानका दुई सांसदको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने अन्य सांसदहरुलाई कोरोना संक्रमण देखिएको छ ।