विदेश

गलवानमा चिनियाँ घुसपैठको प्रयास भारतीय सेनाले विफल पार्‍यो, दुश्मनलाई महँगो सावित : मोदी 

प्रधानमन्त्री मोदीले सर्वदलीय बैठकमा २० जना वीरहरुको बलिदानप्रति सम्मान व्यक्त गर्दै श्रद्धाञ्‍जली अपर्ण गरेका थिए ।

गलवानमा चिनियाँ घुसपैठको प्रयास भारतीय सेनाले विफल पार्‍यो, दुश्मनलाई महँगो सावित : मोदी 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गलवान भ्यालीमा चिनियाँ घुसपैठको प्रयासलाई सीमामा तैनाथ भारतीय सेनाले विफल बनाएको र दुश्‍मनलाई यो निकै ठूलो मूल्य चुकाउनु परेको बताएका छन् । 

भारतले सरकारले शनिबार बिहार रेजिमेन्टमा १६ सैनिकले चिनियाँ प्रयासलाई विफल पारेको स्पष्ट पारेको छ । यो ४५ वर्षयताकै सबभन्दा खराब झडप भएको बताइएको छ । 

शुक्रबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेको हुने कुनै पनि गतिविधिलाई भारतले प्रतिक्रिया दिने र आवश्यक कारबाही अघि बढाउने बताएका हुन् । यसपटक चिनियाँ सेना निकै ठूलो संख्यामा एलएसी पार गरेर आएको र भारतीय संगठित सैनिक फौजले उक्त प्रयसालाई असफल पारेको थियो । 

केही सञ्‍चारमाध्यमहरुमा गलत रिपोर्टहरु आएकोप्रति चिन्ता व्यक्त गर्दै एलएसी पार गरेर चिनियाँ सैनिकले भारती क्षेत्रमा प्रवेश गरेपछि भारतले उनीहरुमाथि प्रतिक्रिया बर्साएर चिनियाँ सेनालाई पछि हट्न बाध्य पारेको थियो । 

प्रधानमन्त्री मोदीले सर्वदलीय बैठकमा २० जना वीरहरुको बलिदानप्रति सम्मान व्यक्त गर्दै श्रद्धाञ्‍जली अपर्ण गरेका थिए । अहिले भारतीय क्षेत्रमा चीनको कुनै पनि किसिमको उपस्थित नभएको प्रधानमन्त्री मोदीले स्पष्ट पारेका छन् । 

एलएसी पार गरेर आउने शक्तिलाई भारतीय वीरहरुले ठूलो पाठ सिकाएको प्रधानमन्त्री मोदीले बताएका छन् । उनले भने, "हाम्रो सैन्य फौजलाई सीमा सुरक्षाका लागि कुनै कसर बाँकी राखेका छैनन् ।

प्रधानमन्त्री मोदीले बैठकमा ८ वटा मुख्य कुराहरु उल्लेख गरेका थिए । जसमा भारतीय सेनालाई आफ्नो सीमा रक्षाका लागि पूर्ण अधिकार दिइएको छ । 

विशेष