'लद्दाखको भारतीय संरचनाबाट चीन त्रसित'
वाशिङ्टन । भारतले आफ्नो संघीय भूभागमा बनाइरहेको संरचना परियोजनाबाट चीन त्रसित बनेको छ । गिलगिट बलिचस्तानका राजनीतिकर्मीहरुले लद्दाखमा देखाएको चिनियाँ आक्रोशको निन्दा गरेका छन् । उनीहरुले बेइजिङ भारतीय संरचनाबाट आफूलाई खतरा महसुस गरिरहेको बताएका छन् ।
गिलगिट बलिचस्तान इन्स्टिच्युटका निर्देशक सेन्ज एच सेरिङले भारतीय समाचार एजेन्सी एएनआईसँग भने, "भारतले आफ्ना संरचनामा सुधार गरेर काराकोरमसम्मको पहुँच स्थापित गरिरहेको छ । यसको अर्थ भारतले गलवान भ्याली हुँदै चिनियाँ राष्ट्रिय राजमार्ग (जी२१९) पहुँच बनाएको छ । यो गलवान नदीबाट धेरै नजिक छ ।"
सेन्जले जून १५ मा चीनले भारतीय भूमिमा आएर भारतीय सेनामाथि गरेको हिंसात्मक आक्रमणको आलोचना गरेका छन् ।
चीनले शक्षम, अगेल, रासकम र सिमसालमा आफ्नो नियन्त्र बनाइराख्न 'फिडर रोड' बनाएको थियो । त्यसकारण भारतले पनि उक्त क्षेत्रमा चिनियाँ प्रभुत्वलाई सिन्जियाङ र तिब्बतमा निस्क्रिय पार्नका लागि आफ्नो संरचनालाई कारारोरम पाससम्म विस्तार गर्न लागेको हो ।
"चीनको भारतले उक्त संरचना नबनाओस् भन्ने चाहने भएकोले भारत उक्त संरचना निर्माणका लागि रोकिरहेको छ," सेन्जले भने, "चीनको उक्त क्षेत्रको भौगोलिक र रणनीतिक महत्वबारे जानकार छ ।"
कोरोना महामारीपछि चिनियाँ अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ । राष्ट्रपति सी जिनपिङले कोरोना महामारी नियन्त्रणमा लिएको संरचनागत त्रुटीका कारण चिनियाँ अर्थतन्त्र धरापमा परेको हो ।
चीनले पछिल्लो समय भारत र ताइवानमाथि आक्रमण सुरु गरेको छ । चिनियाँ यस्ता गतिविधिको भारतले कडा जवाफ दिनुपर्ने माग उठिरहेको छ ।