News

नेपाली नागरिकसँग विवाह गर्ने महिलाको हकमा ७ वर्षपछि मात्र नागरिकता दिने प्रावधान र सरकारको कार्यशैली विरुद्ध भैरवामा विरोध प्रदर्शन

नेपाली नागरिकसँग विवाह गर्ने महिलाको हकमा  ७ वर्षपछि मात्र नागरिकता दिने प्रावधान र सरकारको कार्यशैली विरुद्ध भैरवामा विरोध प्रदर्शन

काठमाण्डौं –नेपाली नागरिकसँग विवाह गर्ने महिलाको हकमा ७ वर्षपछि मात्र नागरिकता दिने प्रावधान र सरकारको कार्यशैली विरुद्ध भैरवामा विरोध प्रदर्शन गरेका छन् ।मधेशवादी युवाहरुले एक कार्यक्रमको आयोजना गरी विरोध प्रदर्शन गरेको छ । मधेशी युवाहरुले सरकार तथा सत्ताधारी दल नेकपा बिरुद्ध चर्को नाराबाजी गर्दै भैरवामा विरोध प्रदर्शन गरेका हुन ।

मधेशी युवाहरुले नेकपा सरकार दुई तिहाईको दम्भमा १० अर्ब भ्रष्टाचार , भाषामा रोक विदेशी महिलालाई विवाहको सात वर्षपछि मात्र बैवाहिक अंगिकृत नागरिकता दिइने जस्ता निर्णय मधेशी जनभावन विपरित गतिविधी गरिरहेको आरोप लगाए । उनिहरुले यस्ता गतिधिी अविलम्ब सच्याउन माग गरेको छ । उनीहरुले निर्णय नसच्याईए सशक्त आन्दोलन गर्ने चेतवानी समेत दिए । यसैगरी नेपाली काग्रेस , जनता समाजवादी पार्टी र जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले समेत नागरिकता सम्वन्धी प्रावधान विभेदकारी रहेको भन्दै निर्णय सच्याउन माग गर्दै सरकार विरुद्व प्रर्दशन गरिरहेका छन ।

विशेष