गलवान भ्यालीमा ५६ चिनियाँ सैनिक मारिएको खुलासा
१५-१६ जूनमा पूर्वी लद्दाखको गलवान भ्यालीमा वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय क्षेत्रमा प्रवेश गरेका चिनियाँ सेनामाथि भारतीय सेनाले प्रतिकार गरेका थिए । जसमा ५६ जना चिनियाँ सैनिकको मृत्यु भएको भारतीय सेनाको स्रोतले जनाएको छ ।
भारतीय क्षेत्रमा प्रवेश गरेका चिनियाँ टोलीका कर्णेललाई भारतीय सेनाले नियन्त्रणमा लिएको थियो । उक्त क्षेत्रमा भएको हिंसात्मक झडपपछि भारतीय सेनाका २० हेलिकोप्टर आएर आफ्नो सैनिकको शव लगेका थिए ।
उक्त हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको भारतले सार्वजनिक गरेको छ । तर, चिनियाँ सेनाले भने आफ्नोतर्फ मृत्यु भएका सैनिकको संख्याका विषयमा केही खुलाएको छैन ।
सुरुआतमा चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले आफ्ना ३० सैनिक मारिएको सार्वजनिक गरेको थियो । पछि चिनियाँ सैनिकको हौसलामा आँच आउने भन्दै ग्लोबल टाइम्सले यो समाचार नै वेबसाइटबाट हटाएको थियो ।
चीनले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको वास्तविक संख्यामा पनि अहिलेसम्म खुलासा गरेको छैन । त्यही अनुरुप चिनियाँ सेनाको मृत्युको खबर पनि लुकाएको छ ।
चिनियाँ सैनिकले भारतमा पर्ने तर विवादित बनाइएको भूमि गलवान भ्यालीमा क्याम्प स्थापना गरेका थिए । यसअघिको समझदारीमा भारत-चीन कुनै पनि पक्षले यस क्षेत्रमा कुनै पनि किसिमको संरचना बनाउने र टेन्ट राख्न नपाइने, उक्त क्षेत्रमा नबस्ने अथवा उक्त क्षेत्रमा गोली चलाउन नपाइने उल्लेख छ ।
जून ६ मा भारत-चीनबीच भएको सैन्य वार्ताका क्रममा दुबै चीनले उक्त क्षेत्रबाट आफ्ना सेना हटार्ने सहमतिमा हस्ताक्षर भएको थियो । तर, उक्त सहमति उल्लंघन गर्दै चीनले भारतमाथि आक्रमण गरेको थियो ।
१५-१६ मा कर्णेलसहित बिहार रेजिमेन्टका २० जना सैनिक गस्तीका लागि गएका थिए । यद्पि भारतीय क्षेत्रतर्फ आएका चिनियाँ सैनिकले उनीहरुमाथि आक्रमण गरेको थियो ।
अहिले भारतीय सेनालाई गलत देखाउन पीएलएले उक्त क्षेत्रबाट टेन्ट हटाएको छ ।