रौतहटमा सेना जबानको तान्डब : धारिलो हतियार प्रयोग गरी गाउले माथि निर्मम कुटपिट !
रौतहटको देवाही गोनाही नगरपालिकामा गत चैत 20 गते नेपाली सेनाका जवान प्रमोद दुबेसहित पाँच जनाको समुहले कोहराम मचाएको छ । ऊनीहरूले सोनेलाल मुखियालगायत पाँच जना गाउलेलाई निर्मम तरिकाले कुटपिट गरेको पीडित पक्षले दाबी गरेको बुझिएको छ।
प्रमोद दुबे, मनोज दुबे, सन्जय दुबे, जुबल किसोर दुबे र बिनोद दुबेको समुहले स्थानीय सोनेलाल मुखिया, रामएकवाल मुखिया, प्रदिप मुखिया, कृष्ण मुखिया र राजेन्द्र साहलाई बाटो निर्माणको बिषयमा विवाद गरी कुटपिट गरेका हुन् ।
घाइतेहरुको वीरगंजको न्युरो हस्पिटलमा उपचार भैइरहेको छ।
नेपाली सेनामा कार्यरत प्रमोदले स्थानीय व्यक्तिहरुलाई करिब दुई मिनेटमा नै नेपाली सेनासँग हुने धारिलो हतियारहरूको प्रयोग गरी निर्मम रुपमा कुटपिट गरेको पीडित पक्षले जनाएको छ । हाल उनीहरूको अवस्था निकै गम्भीर छ ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीका इन्चार्ज मेदनीप्रसाद शाह घटना भएको केही समयमा नै प्रहरीसहित घटनास्थल पुगेको थियो ।
नेपाल प्रहरीले उक्त घटना घटिसकेपछि नेपाली सेनालाई जानकारी गराएको थियो ।सेनाले जानकारी पाएपछि प्रमोदलाई सेनाको कस्टडीमा राखेका छन् ।
उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । रौतहटका डिएसपी ज्ञानकुमार महतोको अनुसार दुबै पक्षबाट कुटपिट भएको हो तर पीडित पक्षलाई बढी क्षति पुगेको छ।
प्रमोद अहिले प्रहरीको कस्टडीमा छन् भने बाँकी आरोपीहरु फरार छन् । पीडितले प्रमोदलाई कस्टडीमा राखिए पनि बाँकी आरोपीहरु खुलेआम घुमिरहेको आरोप लगाएका छन् ।
पिडित पक्षहरुलाई सम्झौता गर्न स्थानीय जनप्रतिनिधिरुले दबाब दिइरहेका छन् । सम्झौतामा नआए पुनः आक्रमण हुन सक्ने धम्की पनि दिइएको उनीहरुलाई भनाइ छ ।
वडा अध्यक्ष अत्यानन्द प्रसाद उपाध्यायले आफुलाई यस घटनाकोबारे खासै जानकारी नरहेको बताए । जनप्रतिनिधि भएर उनले अनविज्ञता प्रकट गरेको भन्दै पिडित पक्षले गुनासो गरिरहेका छन् ।
(यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ। )