News अन्तरवार्ता भिडियो

'गीतामा हात राखेर नेताहरुले अब नछुट्टिने कसम खाएका छन्' (भिडियोसहित)

'गीतामा हात राखेर नेताहरुले अब नछुट्टिने कसम खाएका छन्' (भिडियोसहित)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमालले टुटफुटको राजनीतिलाई जनताले नपत्याएका कारण पार्टी एक भएको बताएका छन् । नेपाल आजसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

विचार एउटै भए पनि गठन हुदै पार्टी दुई टुक्रा भएको स्मरण गर्दै पटक पटक जुट्ने र छुट्ने क्रमले समर्थक र शुभचिन्तकहरुलाई दुखि तुल्याएका कारण पछिल्लो एकता मजबुत भएको उनको दावी छ । तर २०७४ को चुनावमा राष्ट्रिय पार्टीको रुपमा स्थापित नसकेपछि नेताहरुको सुझबुझका कारण पार्टी एकता भएको उनले बताए ।

'पछिल्लोपटक २०७४ सालको निर्वाचनले राप्रपालाई एउटा राष्ट्रिय पार्टीको रुपमा स्थापित नगरेपछाडि जनता, कार्यकर्ता र शुभेच्छुको दवाव र नेताहरुको सुझबुझले ! अब हामी भिन्दा भिन्दै भयौ भने जनताले नपत्याउने र राष्ट्रिय राजनीतिमा भूमिकाबिहिन भएर बस्नुपर्ने अवस्थालाई मध्यनजर गरेर अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी पुन: एक भएको छ।' उनले भने -'पटक पटक फुटिरहने जुन समस्या छ त्यसबाट नेताहरु मुक्त हुने अवस्था हो ।'

पार्टी नेताहरुले गीतमा हात राखेर अब पार्टी फुट्ने नदिने कसम खाएको उनले खुलासा गरे । हेर्नुहोस भिडियो ।

विशेष