News

'नेपाल, भुटान र सिक्किम चीनका औंला हुन्, जतिखेर पनि नचाउन सकिन्छ'

'नेपाल, भुटान र सिक्किम चीनका औंला हुन्, जतिखेर पनि नचाउन सकिन्छ'

चीनले नोभेल कोरोना भाइरसको नियन्त्रण गर्न नसकेको र विश्वभर फैलाएको भन्दै आलोचना भइरहेका बेला चीनले छिमेकीको सीमा अतिक्रमण सुरु गरेको हो ।तिब्बत प्रशासकीय केन्द्रका प्रमुख डा. लोबसाङ साङ्जेले चीनले कोरोना भाइरसलाई विश्वभर फैलाएको आलोचनाबाट विश्व समुदायको ध्यान मोड्न सीमा अतिक्रमण सुरु गरेको बताएका छन् । उनले पछिल्लो समय भारतसँग भएको हिंसात्मक झडप आफूलाई आश्याचार्य नलाग्‍ने बताएका छन् । उनले भने, "जब माउ त्से तुङले तिब्बत कब्जा गर्‍यो । त्यतीखेर नै चीनले तिब्बत हत्केला भएको र नेपाल, भुटान, सिक्किम, लद्दाख र अरुणाञ्‍चल पाँच औंला भएको बताएका थिए । उनीहरुले आफ्ना औंलालाई जतिखेर पनि नचाउनसक्ने बताएका थिए । त्यसकारण लद्दाख र सिक्किम चीनले देखाएको अतिक्रमणको व्यवहार कुनै नयाँ होइन ।" 

 

सन् २०१७ मा डोक्लाम र सन् २०२० मा लद्दाखमा आक्रमण भयो । दुबै क्षेत्रमा ठूलो मात्रा भौतिक संरचनाहरु बनाइएका छन् । अहिले सिंगो कोरोना भाइरस महामारीको नियन्त्रणमा लागिरहेको बेला चीनले जानाजान सीमा समस्या उत्पन्‍न गराएको उनको आरोप छ ।

उनले चीनले नेपालमा पनि केही परिवर्तनहरु गराएको र चिनियाँ गतिविधि नेपालमा पनि बढिरहेको बताएका छन् । उनले भने, "चीनले नेपाललाईसमेत एक औंला ठानेकोले उक्त औंला अहिले चीनले हल्लाइरहेको छ । जसले भारतमाथि दबाबर सिर्जना गर्न सजिलो भइरहेको छ ।"

अमेरिका र युरोपियन मुलुकहरुले अहिले चीनमा कोरोना भाइरसको उत्पत्तिको अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन् । हङकङमा आन्दोलन चर्किरहेको छ । उइगरलगायतका अल्संख्यक समुदायले चीनमा आन्दोलन गरिरहेका छन् । अमेरिकासँगको व्यापारयुद्ध समाप्त भइसकेको छैन । चीनको महत्वाकांक्षी परियोजना बीआरईको विरोध भइरहेको छ । यस्तो अवस्थामा चीनले यी सबै कुराबाट विश्वको ध्यान हटाउने विकल्पका रुपमा सीमा अतिक्रमण गर्ने र सीमामा सैन्य गतिविधि बढाउन लागिरहेको डा. साङ्जेको भनाई छ । 

उनले चीन भारतसँग भएका हतियारको बारेमा पूर्ण जानकार भएको र चीनले पनि त्यही अनुसार तयारी गरेर सीमामा समस्या उत्पन्न गराउने र मुठभेडकै स्थितिका लागि पनि तयार भएको बताएका छन् । 

अमेरिकाले चिनियाँ उत्पादनमा कर बढाएकोले चीनको अर्को ठूलो बजार भारत भएकोले भारताई बेवास्ता गर्न नसक्‍ने भएकोले यसमार्फत चीनलाई लाइनमा ल्याउनुपर्ने उनको तर्क छ । तिब्बत भारतसँगै उभिनेसमेत उनले बताएका छन् । 

विशेष