क्वारेन्टाइनमा एकै जनाले २० जनाको खाना खाएपछि.....
काठमाडाैं । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा अन्य राज्य र प्रदेशबाट आएकाहरुलाई गृहराज्यको क्वारेटाइन सेन्टरमा राख्ने गरीएको छ ।
जहाँ क्वारेन्टाइनमा रहेका हरेक ब्यक्तिको खानपानको जिम्मेवारी सरकारका तर्फबाट हुने गरेको छ । यसरी सञ्चालनमा ल्याएका भारतका कैयौं क्वारेन्टाइन कमजोर व्यवस्थापन र खराब नीतिको सिकार भएर चर्चामा छन् । तर बिहारको बक्सर जिल्लाको एक क्वारेन्टाइन भने चर्चामा आउनुको प्रसंग भने निकै रोचक छ ।
खासमा, बिहारको बक्सर जिल्लाको क्वारेन्टाइन चर्चामा आउनुको कारण हो, क्वारेन्टाइनमा रहेका एक युवक । क्वारेन्टाइनमा रहेका २१ वर्षीय अनुप ओझाले निक्कै ढी खाना खाएपछि यसको चर्चा चुलिएको हो ।
उनको खानाको क्षमता बारे सुन्दा पत्याउन निक्कै ग्राहो हुन्छ । शुरुवातमा उनी आएको दिन नै उनले ८५ वटा लिट्टि (समोसा झै गोलो आकारको परिकार) खाएका थिए । त्यसपछि उनको क्षमता बारे क्वारेन्टाइन ब्यवस्थापनले जानकारी पाएको थियो । दैनिक करिब ४० रोटि र २० प्लेट भात खानु उनको दैनिकी नै हो ।
अनुप राजस्थानमा काम गर्छन । उनी लकडाउनले बिहार फर्केका हुन् । अनुपको खानाको डाइट क्वारेन्टाइनमा मात्र होइन, उनको घरमापनि सोहि अनुसार रहने गरेको छ । उनको गाउँमा उनले एकै पटक १ सय समोसा खाएको रेकर्ड छ । तर उनको शरीरमा खाना अनुसारको मोटोपना छैन । उनको वजन ७० किलोग्राम मात्र छ ।
अनुपका बारेमा अर्को रोचक कुरा के छ भने उनी ज्यादा खाने मात्र होइन अन्य ब्यक्तिको तुलनामा ज्यादा काम पनि गर्दछन् । उनी एक्लैले ५/६ जना बराबरको काम गर्दछन् । अनुपको खानाखाने क्षमताका बारेमा जब अञ्चलाधिकारी समक्ष कुरा पुग्यो तब उनी स्वयम् यसबारे बुझ्न पुगे ।
अञ्चलाधिकारीले क्वारेन्टाइन व्यवस्थापकलाई अनुपले चाहे अनुसारको खानदिन र कुनै अभाव नपार्न निर्देशन दिएका छन् । हुनत क्वारेन्टाइन व्यवस्थापकलाई अनुपलाई ख्वाउन कुन