अमेरिकाका लागि चिनियाँ राजदूतले जासुसका रुपमा गोप्य तरिकाले वैज्ञानिक नियुक्त गरेको खुलासा
अमेरिकाका लागि चिनियाँ राजदूतले र वाशिङ्टनस्थित चिनियाँ कुटनीतिज्ञले न्युयोर्कमा गोप्यरुपमा सहयोगका लागि वैज्ञानिक नियुक्त गरेको खुलासा भएको छ ।
अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) का अनुसार चिनियाँ कुटनीतिज्ञहरुले अमेरिकामा गोप्यरुपमा वैज्ञानिक नियुक्त गरी विभिन्न अनुसन्धान गराइरहेका छन् । गत वर्ष संघीय अदालतमा आरोपपत्र दायर भएको थियो भने त्यसको सुनुवाई अप्रिलमा भएको थियो । जसले अमेरिकामा भइरहेका चिनियाँ रणनीतिहरुको खुलासा गरेको छ ।
अमेरिकी अधिकारीहरुले बेइजिङको जासुसी क्षमताप्रति ध्यानाकर्षण भएको जनाएका छन् । अमेरिकामा चीनका लागि मोलिक्युलर जेनेटिक र स्टिम सेल सिस्टमसम्बन्धी काम गरिरहेको पाइएको हो ।
यस्ता चिनियाँ गतिविधिले अमेरिकाको राष्ट्रिय सुरक्षा र प्रविधि र मानव संशाधनमाथि खतरा उत्पन्न गराउने अमेरिकी अधिकारीहरुले बताएका छन् ।
अदालतमा आरोपपत्र दायर भएका ती वैज्ञानले सन् २००९ मा अमेरिकी नागरिकता प्राप्त गरेका थिए भने उनले वर्षौंदेखि अमेरिकामा जेनेटिकसम्बन्धी अनुसन्धान गरिरहेका छन् । ती वैज्ञानिक अहिले चीनको सार्थन मेडिकल युनभर्सिटी काम गरिरहेका छन् ।
अमेरिकी आन्तरिक सुरक्षा विभागका अनुसार ती वैज्ञानिकले सन् २०१७ को अक्टोबरदेखि सन् २०१८ को अक्टोबरसम्म करिब ३०० दिन अमेरिकाबाहिर रहेर काम गरेका थिए । ती वैज्ञानिक चीनका हजारौं बौद्धिक कार्यक्रममासमेत संलग्न भएको एफबीआईको रिपोर्टले जनाएको छ ।
आरोपपत्रको संशोधन नगरिएको अंशमा सन् २०१३ देखि अमेरिकाका लागि राजदूत रहेका सुई त्याङ्सीको नाम उल्लेख गरिएको छन् । चिनियाँ दूतावासले उक्त आरोप अस्वीकार गरेको छ । दूतावासाका प्रवक्ता फाङ होङले भनिन्, "उक्त आरोपमा अरु केही नभएर गलत मनसायको बनावट हो ।"
अमेरिकी कानुन मन्त्रालयले सन् २०१८ देखि नै चिनियाँ जासुसको खतरा रहेको उल्लेख गरेको थियो । यसअघि अमेरिकामा केही वैज्ञानिहरुलाई जासुसी गरेको आरोपमा प्रकाउसमेत गरेको थियो । जसमध्ये ५४ वैज्ञानिकले आफ्नो जागिर नै गुमाएका थिए ।