आंतककारी समूहले 'जिहाद' प्रबर्द्धन गर्न डिजिटल प्लेटफर्म प्रयोग गर्दै
आंतककारी समूहले इस्लामिक स्टेट (आईएसआईएस), लस्कर ई-तालिबा र तालिबानी समूहले सामाजिक सञ्जाल र अन्य विभिन्न डिजिटल प्लेटफर्ममार्फत युवाहरुलाई प्रभावित पार्ने र जिहादतर्फ आकर्षित पार्ने काम गरिरहेको एक अध्ययनले देखाएको छ ।
युरोपियन फाउन्डेसन फर साउथ एसियन स्टडिजका अनुसन्धान विष्लेषक योआना बाराकोभाले अनलाइन स्पेस र अतिवादी स्लामिकबीचको सम्बन्धलाई जोड दिएकी छन् । उनका अनुसार बृहत मात्रामा भइरहेको इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगले अतिवादीलाई छुट्याउन समस्या भएको र यसले विश्वशान्तिमा अस्वीकार्य खतरा उत्पन्न गराइरहेको छ ।
अलकाइदा र आईएसआईएसले सामाजिक सञ्जालमार्फत पश्चिमा मुलुकहरुको असफलतालाई जोड दिएर मुस्लिमहरुलाई जिहादमा संलग्न हुन उत्प्रेरणा दिइरहेका छन् भन्ने उक्त अध्ययनले उल्लेख गरेको छ ।
उनले भनिन्, "लस्कर ई-तालिबा र यसको राजनीतिक संगठन जमात-उड-दाबाले पनि साइबर टिम बनाएको छ । जसले जिहादका धारणलाई अनलाइनमार्फत प्रचार गर्ने काम गर्छ ।"
मुस्लिम कट्टरपन्थीहरुको वृद्धि, आतंकवाद र वैकल्पिक शक्तिको पैदा गर्नेजस्ता आतंकवादी घटनाहरूको वृद्धिसँग मानव अधिकारको संरक्षण, अभिव्यक्ति स्वतन्त्रता, सूचनामा विश्वव्यापी पहुँच र अन्तरसांस्कृतिक संवादका लागि मिडिया साक्षरता रणनीतिलाई बढावा महत्वपूर्ण भएको विष्लेषक बोराकोभाले बताइन् ।
मानिसहरुको दिमाले जे ग्रहण गर्छ, त्यसले मानिसको जीवनमा ठूलो असर गर्ने भएकोले सरकार, समुदाय र नागरिक समाजले प्रभावित हुने जोखिममा रहेका युवा पुस्तालाई त्यसतर्फ केन्द्रित नहुन सिकाउनुपर्ने आवश्यकता उनले औंल्याएकी छन् ।