विदेश

आईएसआई समर्थित आतंककारी समूह नेपालमा भारतविरोधी गतिविधिमा सक्रिय

आईएसआई समर्थित आतंककारी समूह नेपालमा भारतविरोधी गतिविधिमा सक्रिय

पाकिस्तानको इन्टर-सर्भिस इन्टेलिजेन्स समूहले समर्थन गरेको समूहमा नेपालमा सक्रिय भएको पाइएको छ । उक्त समूहले नेपालमा रहेका भारतविरोधी गतिविधि सञ्‍चालन गरिएको पाइएको छ ।आईएसआईले नेपाली भूमिलाई लामो समयदेखि भारतविरोधी गतिविधि सञ्‍चालन गरेको पाइएको हो । यद्पि स्रोतका अनुसार यो पछिल्लो भारत-नेपाल सीमा समस्या हुनुअघि झन बढेको बताइएको हो । "पाकिस्तानले भारतविरुद्ध नेपाललाई एक मोहराका रुपमा प्रयोग गरिरहेको छ । केही आईएसआईका प्रतिनिधिहरु नेपाली सेनामा पनि रहेका छन्," स्रोतले भन्‍यो । 

नेपाल-भारत सीमा क्षेत्रमा आईएसआई समूको उपस्थिति बढेकोसमेत बताइएको छ । सन् १९५० को शान्ति तथा मैत्रीसन्धि अनुसार नेपाल-भारतका नागरिकहरु खुला सिमानाका कारण निर्वाध एकअर्को मुलुक आवतजावत गर्ने गरेका थिए । 

केही समयअघि अवैधरुपमा नेपालमा बसिरहेको भन्‍ने सूचनाका आधारमा केही पाकिस्तानी नागरिकहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको सम्पर्क पाकिस्तानी आतंकवादी समूहसँग भएको पाइएको थियो । 

अतिवादी र जिहादीहरु पनि नेपालमा लुकेर बसिरहेको भन्‍ने विभिन्न‍ पटक नेपालमाथि आरोप लाग्‍ने गरेको छ । पाकिस्तानले नेपालस्थित कुटनीतिक मिसनलाई गतलरुपमा प्रयोग गरिरहेकोसमेत बताइएको छ । 

त्यसैगरी नेपालबाट गएका भनिएका एक व्यक्ति सोमालियाका सुरक्षा फौज र मुस्लिम अतिवादी समूह अलसबाबबीचको गोलाबारीमा मारिएका छन् । सोमालियाको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको छ।

सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालबाट गएका हुन् । उनी उक्त इस्लामिस्ट समूहका वरिष्ठ प्रशिक्षक भएको बताइएको छ । 

हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ । हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन् । 

सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ । त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलासा भइसकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको सम्बन्धित स्रोतले जानकारी दिएको छ । 

विशेष