राजसंस्था पुनस्र्थापनाकाे माग गर्दै शिव सेना नेपाल द्वारा सुस्तामा राँके जुलुस प्रदर्शन
काठमाडौं । राजसंस्था पुनस्र्थापनाको माग गर्दै शिव सेना नेपालका कार्यकर्ताहरुले नवलपुर र सुस्तामा बिहीबार साँझ राँके जुलुस निकालेका छन् । सो क्रममा प्रहरी हस्तक्षेप हुँदा पार्टी जिल्ला अध्यक्ष उपेन्द्र गौतमलगायत चारजना पक्राउ परेका थिए । पक्राउको केही समयपछि उनीहरु रिहा भएका छन् ।
शिव सेना नेपालका केन्द्रीय सदस्य मुरार पहलमान नेतृत्वमा निस्केको राँके जुलुसमा शिवसेना नेपाल नेपालका नवलपरासी अध्यक्ष उपेन्द्र गौतम, सुस्ता नगरअध्यक्ष हिटलरसहित हजारौं कार्यकर्ताहरु सहभागी भएका थिए ।
नवलपरासीको सुस्ता क्षेत्र शिव सेनाको प्रभाव क्षेत्र मानिन्छ । स्थानीय तहको निर्वाचनमा शिव सेना नेपालले निर्वाचन बहिष्कारको आह्वान गरेको थियो । जसका कारण सो क्षेत्रमा मतादन प्रभावित भएको थियो ।
शिव सेनाले गणतन्त्र दिवसकै दिन पनि राजसंस्थाको माग गर्दै देशभर राँके जुलुस निकालेको थियो । त्यस्तै जेठ १९ मा पनि रुपन्देहीमा शिव सेनाका कार्यकर्ताले राँके जुलुस निकाल्दै कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणविरुद्ध नाराबाजी गरेका थिए ।