News

भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सीट सुरक्षित गर्न अभियान सुरु गर्‍यो

विदेश मन्त्रीले भने - विश्वव्यापी महामारीको बेलामा भारतको भूमिका महत्वपूर्ण छ

भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सीट सुरक्षित गर्न अभियान सुरु गर्‍यो

काठमाडाैं । भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा (यूएनएससी) आफ्नो सीट सुरक्षित गर्न शुक्रबारदेखि अभियान थालेको छ । विश्व वातावरणमा महत्वपूर्ण भूमिका खेल्नसक्ने दाबी गर्दै भारतले सो अभियान शुरु गरेको हो ।

सुरक्षा परिषदको पाँच अस्थायी सीटको लागि १७ जुनमा चुनाब हुदैछ । उक्त चुनावमा भारत निर्वाचित भए यो उसको आठौं कार्यकाल हुनेछ, जुन २०२१ जनवरीदेखि दुई वर्षको लागि सुरू हुनेछ।

सुरक्षा परिषदको अस्थायी सदस्यको रुपमा भारत बिगत १० बर्षदेखि निर्बाचित हुदै आइरहेको छ । भारतीय विदेशमन्त्री जयशङ्कर प्रसादका अनुसार भारत यसपाली निर्बाचित भए विभिन्न चार वैश्विक समस्याको समाधानको लागि प्रयत्न गर्नेछ । 

उनका अनुसार भारतले बढ्दो तनाव बहन गर्न अन्तर्राष्ट्रिय शासनको सामान्य प्रक्रियालाई बढी दबाबको सामना गर्न सक्षम बनाउने, परम्परागत र गैर-परम्परागत सुरक्षा चुनौतीहरू जस्तै आतंकवाद जस्ता समस्याहरूको निराकरण गर्ने, वैश्विक संस्थाहरूलाई थप सक्षम बनाउने र कोरोनाभाइरस महामारी र यसले निम्त्याउने आर्थिक क्षतिको भरपाई गर्ने प्रयास भारतको हुनेछ ।

जयशंकरले यस असाधारण अवस्थामा भारतले सकारात्मक विश्वव्यापी भूमिका खेल्नसक्ने बताएका छन् । सम्मान - सम्वाद, वार्तालाप, सहयोग र शान्तिले समृद्धि आउने प्रधानमन्त्री नरेन्द्र मोदीको दर्शन अनुसार भारतले कार्य गर्ने उनले जनाएका छन् ।

सुरक्षा परिषदमा यस अवधिमा भारतको समग्र उद्देश्य एनओआरएमएस (एउटा सुधारिएको बहुपक्षीय प्रणालीका लागि नयाँ ओरिएन्टेशन) हुने पनि उनले प्रस्ट पारेका छन् । भारतले विश्वव्यापी विकास, जलवायु परिवर्तन र गरीबी उन्मूलनमा पनि भूमिका निर्वाह गर्ने समेत उनले बताए ।

विशेष