News

झापाको कचनकवलमा सेना पनि परिचालन गरिने

झापाको कचनकवलमा सेना पनि परिचालन गरिने

झापा । झापाको कचनकवल गाउँपालिकामा सेना पनि परिचालन गरिने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कचनकवल गाउँपालिकामा नेपाल प्रहरी, सशस्त्रसँगै नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।

प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमित भएको कचनकवल गाउँपालिकामा सेना पनि परिचालन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोस्ट तैनाथ गरिने बैठकले निर्णय गरेको छ । भारतसँग सीमा जोडिएको झापाको पूर्वी दक्षिणी क्षेत्रमा पर्ने कचनकवल गाउँपालिकामा बिहीवारसम्म १०३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

विशेष