विदेशबाट नेपालीको उद्दार कार्य सुरु, पहिलाे चरणमा २६ जना काठमाडौं आइपुगे

विदेशबाट नेपालीको उद्दार कार्य सुरु, पहिलाे चरणमा २६ जना काठमाडौं आइपुगे

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । लकडाउनपछि पहिलो पटक औपचारिक शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश आएका हुन्। विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज नेपाली ल्याएर आएको हो।

म्यानमार सरकार आफ्नै खर्चमा यी नेपाली ल्याइदिएको हो। आजै युएईबाट नेपालीहरू नेपाल आउँदैछन्। कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।

विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । त्यसैले उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ ।

सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ । नेपाल टेलिकमले पनि उनीहरुलाई विमानस्थलमै निःशुल्क सीम कार्ड वितरण गर्नेछ । ती सीम कार्डको माध्यमबाट संक्रमितको गतिविधिबारे जानकारी लिन सहज हुने सीसीएमसीको विश्वास छ ।

संम्बधित खबर

विशेष