घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न डब्ल्युएचओको सुझाव

घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न डब्ल्युएचओको सुझाव

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव दिएको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्युएचओले मास्कसम्बन्धी निर्देशिका परिमार्जन गर्दै सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न सुझाव दिएको हो ।

सार्वजनिक यातायात, बजार लगायतका भीडभाड हुने स्थानमा जाँदा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्युएचओले सुझाएको छ । डब्ल्युएचओको कोभिड–१९ सम्बन्धका प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । त्यसबेला डब्ल्युएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो ।

संम्बधित खबर

विशेष