News

हिमानी शाहले गरिन् कोरोना रोकथामका लागि यति धेरै स्वस्थ्य सामाग्री हस्तान्तरण

हिमानी शाहले गरिन् कोरोना रोकथामका लागि यति धेरै स्वस्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं, २३ जेठ / हिमानी कोषले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको छ ।

यही क्रममा शुक्रबार पनि कोषले बिभिन्न संस्था र क्षेत्रलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ ।

शुक्रबार हिमानी कोषलको कार्यालय बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य सामग्री उपल्ब्ध गराइएको हो ।

उक्त सामग्रीहरु प्रसुति अस्पताल थापाथली, सुदूरपश्चिमको गौरीफन्टा नाका र फोहरमैला संकलन केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

कोषले प्रसुति गृहलाई २ सय थान पीपीई र सोही मात्रामा केएन नाईन्टीफाइभ मास्क, स्यानिटाईजर, गौरीफन्टाको लागि एक सय थान पीपीई, पच्चीस सय थान सर्जिकल मास्क, ग्लोब्स तथा पन्ध्र सय कार्टुन पानी, फोहरमैला संकलन केन्द्रलाई दश थान पीपीई, दश÷दश थान सर्जिकल मास्क तथा युटिलिटी ग्लोब्स लगायतका सामग्री उपलब्ध गराइएको हो ।

कोषले यो भन्दा अगाडि पनि विभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

विशेष