नवराज विक काण्ड : मृतक ६ जनाको लाशमा देखिएको एउटै कुराले गर्यो यस्तो खुलासा

नवराज विक काण्ड : मृतक ६ जनाको लाशमा देखिएको एउटै कुराले गर्यो यस्तो खुलासा

काठमाडौं । पश्चिम रुकुमको सोती घटनामा ज्यान गुमाएका सबै युवाको लाश क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ ।

लाशको प्रकृति हेर्दा उनीहरूलाई ज्यान लिएर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक नरसंहार घटाइएको हुन सक्ने आशंका गरिएको छ ।

घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै लाश विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ ।

भेरी नगरपालिका-४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा-११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका-१ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको बताइएको छ ।

गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका-८ सोतीमा नवराजकी प्रेमीकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको छ ।

यस घटनामा संलग्न भएको भन्दै प्रहरीले दर्जन भन्दा धेरैलाई नियन्त्रणमा लिएको छ । यो विषय अहिले धेरैका लागि राजनीतिक मुद्धा पनि बन्न पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

संम्बधित खबर

विशेष